डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्यो २२ औं स्थापना दिवसको अबसरमा विद्यार्थीलाई झोला वितरण
बैतडी- डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ औं स्थापना दिवसको अबसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय मेलौली बैतडीले विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।
मेलौली नगरपालिका वडा.न-७ स्थीत मणिलेक माध्यमिक विधालयका ४५ जना छात्र छात्रा हरुलाई झोला वितरण गरिएको कार्यक्रम सम्पन्न गरिएको कनिष्ठ कार्यक्रम सहायक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।
विद्यालयका गरीब विद्यार्थीले स्कुल ब्याग अभावमा कापी किताब बोक्न समस्या भएकाले आगामी दिनमा अन्य विद्यालयहरुमा पनि झोला,स्टेशनरी लगायतका सामग्री वितरण गरिने भट्टले जानकारी दिए ।
