परशुराम नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुने

डडेल्धुरा-परशुराम नगरपालिका जोगबुडाले सर्वसाधारण नागरिक सम्म स्वास्थ्य सेवा दिने उदेश्यका साथ निःशुल्क स्वास्थ्य सिबिर सुरु गर्ने भएको छ।।

ग्रामिण तथा र्दुगम बस्तीका नागरिकहरुको स्वास्थ्य सेवामा सहज पुहच पुगाउने गरि सिबीर सञ्चालन गर्न लागेको नगर–प्रमुख भरत वडायर जोशीले जानकारी दिनुभयो।

नगपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रमवाट सिबीर सञ्चालन हुने स्वास्थ्यशाखा प्रमुख तेजवहादुर सिंहले जानकारी दिए।

परशुराम नगरपालिकाका-१,२,३,७,८,९,१० र ११ को लेकाली अर्थात पहाडी भु-भागका वस्तीलाई नगरपालिकाले र्दुगम बस्तीका रुपमा राखेको छ।

र्दुगम बस्तीका नागरिकको स्वास्थ्य सेवामा सहज पहुच पुगाई स्वास्थ्य सेवा दिने गरि फागुन ४ गते देखी निःसुल्क स्वास्थ्य सिबीर सञ्चालन हुने स्वास्थ्य साखा उप–संयोजक हिक्मत वहादुर धामीले जानकारी दिए।

उक्त निःशुल्क स्वास्थ्य सिबिर फागुन ४ गते वडा।न २ को वसौटी र फागुन ५ गते वडा।न ११ को सिमलबण्डमा सञ्चालन हुने उप–संयोजक धामीले वताए।

निःशुल्क स्वास्थ्य सिबिरमा स्वास्थ्य चेकजाँच, गर्भवती महिलाहरुका लागि अल्टासाउण्डसेवा, प्रजनन स्वास्थ्य सेवा तथा एचआईभि परिक्षण, परिवार नियोजन (इम्पलान्ट) सेवा र परामर्ष सेवा दिईनेछ।

गत माघ २२ र २३ गते नगरपालिकाले गेटा आखाँ अस्पतालको सयुक्त आयोजनमा २ दिने निःशुल्क आखाँ जाँच सिबिर सञ्चालन गरेको थियो।
उक्त सिबिरमा परशुराम र आलितालमा गरि करिब ६सय ५१ जना नागरिकले सेवा लिएका थिए।

गएको माघ २२ र २३ गतेको जोगबुडामा सम्पन्न आखाँ सिबिरमा बिशेस गरि जेष्ठ नागरिकहरुले आखा जाचँ सेवा लिएको नगरपालिकाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.