जिल्लास्तरीय रनिङ्ग शिल्डका लागि मेलौलीमा बन्द प्रशिक्षण

बेतडी -बैतडीको पाटनमा फागुन १२ गतेदेखि शुरु हुने जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागी मेलौलीमा बन्द प्रशिक्षण जारी रहेको छ । जिल्ला खेलकुद विकास समितिकोे आयोजनामा पाटन नगरपालिकामा हुने प्रतियोगिताको तयारी सुरु गरिएको मेलौली नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर भण्डारी सागरले बताउनुभयो । जिल्लास्तरीय प्रतियोगिताका लागि पालिकास्तरबाट छनौट भएका खेलाडीका लागि बन्द प्रशिक्षण सञ्चालन गरिएको हो। प्रतियोगिता फागुन १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिएका छन ।राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत छात्र र छात्रा भलिबल, कबड्डी,एथलेटिक्सका खेलहरु हुनेछन् ।

Leave A Reply

Your email address will not be published.