पाटन नगरस्तरीय ब्याटमिन्टनमा बोहरा र भट्टराई प्रथम

बैतडी बैतडीको पाटन नगरपालिकामा आयोजित नगरस्तरीय ब्याटमिन्टन प्रतियोगिता डबलमा ललित बोहरा र देवराज भट्टराई प्रथम भएका छन्।

महाशिवरात्रि र ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजति प्रतियोगिताको उपविजेता सुरेन्द्र बोहरा र गोबिन्द पन्त भएका छन्। प्रथम र द्धितीय टिममाले क्रमशः १० हजार मेडल, प्रमाणपत्र र ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

‘स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकुद’ भन्ने नाराका साथ पाटन नगरपालिकाले प्रतियोगीताको आयोजना गरेको हो। नगरप्रमुख गौरी रावलको अध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी उद्योग, वाण्जिय तथा आपूर्तिमन्त्री दामोदार भण्डारी रहेका थिए। प्रतियोगितामा पाटन नगरपालिकाका १२ टिमको सहभागिता थियो।

Leave A Reply

Your email address will not be published.