बैतडीको मेलौलीस्थित सलेनाकी एक महिला छोरासहित वेपत्ता

बैतडी– बैतडीकी एक महिला छोरासहित वेपत्ता भएकी छन् ।

जिल्लाको मैलौली नगरपालिका वडा नम्बर २ सलेनास्थित मलीकुलका केशव नाथकी २४ वर्षीया श्रीमती सरश्वती नाथ र ४ वर्षीय छोरा यूनीक नाथ वेपत्ता भएका हुन् ।

फागुन २ गते घरमा कसैलाई जानकारी नगराई निस्केको केशव नाथले बताउनुभयो । अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको उहाँले बताउनुभयो । ३ लाख रकम र एक तोला सुन लिएर गएको नाथले बताउनुभयो । नाथ हाल रोजगारीका लागि भारतको मुम्बैमा हुनुहुन्छ ।

घरमा पनि कसैसंग मनमुटाब नभएको तर काहाँ गईन अहिलेसम्म केही पत्तो नलागेको उहाँले बताउनुभयो । कसैको सम्पर्कमा आए नजिकैको प्रहरीचौकीमा सम्पर्क गरिदिन परिवार स्रोतले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.