अनेरास्ववियु (क्रान्त्रिकारी) मणिलेक बहुमखी क्याम्पसको नँया कमिटि गठन, अध्यक्षमा पार्कि

बैतडी-मेलौलीमा रहेको मणिलेक बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्त्रिकारी) अनेरास्ववियुको नयाँ कमिटि गठन गरिएको छ। बिहीबार साबित्रि पार्किको अध्यक्षामा २१ सदस्यिय नयाँ कार्य समिति चयन गरिएको हो।

समितिको उपाध्यक्षमा लक्ष्मी पार्कि, महेश भट्ट र अनिता राना चयन भएका छन। यसैगरि कोषाध्यक्षमा उर्मिला दयाल, सचिबमा मिना भट्ट, सदस्यहरुमा रितु भट्ट, कुशुम चन्द, अञ्जना चन्द, रेखा चन्द, सरस्वति भट्ट, अनिता राना, पार्वती खत्रि, शुसिला चन्द, निर्मला भट्ट, लक्ष्मी चन्द, कुन्ति भट्ट, पार्वती बिष्ट र मनिसा ओझा चयन भएका हुन।

अनेरास्ववियु (क्रान्त्रिकारी) का जिल्ला संयोजक गणेश बहादुर बमको प्रमुख आतिथ्यमा नयाँ कार्य समिति चयन गरिएको हो।

Leave A Reply

Your email address will not be published.