खोला तर्ने क्रममा चिप्लीएर लड्दा बैतडीमा एक जनाको मृत्यु

बैतडी -बैतडीमा खोला तर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो २ बजेतिर जिल्लाको सिगास गाउँपालिका ३ का अन्दाजी ४८ बर्षिय कालु सिह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीका अनुसार सोही वडाको डुडे मन्दिर नजिकैको खोला तर्ने क्रममा चिप्लीएर टाउको ढुङ्गामा टाउको ठोकिएर धामीको घटना स्थलमा मृत्यु भएको हो ।

Leave A Reply

Your email address will not be published.