रेडियो मेलौली
अषाढ २३ बुधबार,२०७८
बैतडी–ट्याक्टर दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टरका सह–चालक बैतडीको पञ्चेश्वर गाउँपालिका –५ का ३१ बर्षिया राज बहादुर चन्द रहेका छन। चन्दको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
जिल्लाको ग्रामिण सडकखण्ड मेलौलीबाट तितावै जादैं गरेको से २ त २५८१ ट्याक्टर मगंलबार राति पौने १२ बजे पेले भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परी २२ बर्षिया डम्बर चन्द घाइते भएका छन। ट्याक्टरका चालक डडेल्धुराको परशुराम नगरपालिका –५ जोगबुडाका ४७ बर्षिया मान बहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ढलान गर्ने सामग्री बोकेको ट्याक्टरको ढाला पल्टिएको बताईएको छ। लोडकै कारण ट्याक्टर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।