बैतडी–यहि चैत १५ गतेसम्म वडा स्तरिय योजनहरु सम्झौता गरिसक्न सम्पूर्ण वडा अध्यक्षहरुलाई मेलौली नगरपालीकाको आग्रह गरेको छ। आईतबार एक सुचना जारि गर्दै ९ ओटै वडाका वडा अध्यक्षहरुलाई आग्रह गरेको हो।
आर्थिक बर्ष २०७९/०८० को स्वीकृत बजेट कार्यक्रम अनुसार पूर्वाधार बिकास तर्फका वडा स्तरिय योजनहरु अनिवार्य सम्झौता गरिसक्न पालिकाले अनुरोध गरेको हो। निमित्त प्रमुख प्रशासकिय अधिकृत सपना कार्कि र ईन्जिनियर तथा पुर्बाधार शाखा प्रमुख भुवन बागद्धारा हस्ताक्षरित सुचना मार्फत जानकारी गराईएको हो।
पालिकाले तोकेको समयसम्म सम्पर्कमा नआउने योजना निमार्ण उपभोक्ता समितिहरुको सम्झौता नगरिने समेत जानकारी गराईएको छ।