कुमाउं–गढवाली गितका चर्चीत गायक सामन्तको नेपाली गित असन बजारले धमाका मच्चाउँदै

 

बैतडी– भारतका कुमाउँनि तथा गढवाली गितका चर्चीत गायक बीके सामन्तको नेपाली नयाँगितले धमाका मच्चाएको छ ।

नेपालीहरुले एकदमै मनपराएको कुमाउनी गित थलकी बजार जस्तै लयमा नेपाली गित असन बजार बजारमा आएको छ । बीको सामन्तको स्वरमा रहेको उक्त गितमा नेपाली कलाकारले अभिनय गरेका छन् । यो गितलाई नेपालीहरुले एकदमै मन पराएका छन् । गायक सामन्त भारतीय कलाकार हुन् ।

उनले कैयौँ कुमाउँनि तथा गढवाली गितहरु बजारमा ल्याएक छन् । सुदूरपश्चिमको केही भाषा र भेषभुषा कुमाउँ गढवालसंग मेल हुन्छ । कुमाउँ गढवालमा सुदूरपश्चिमसंग रोटी र बेटीको नाता समेत छ । सुदूरवासी लगायत हरेक नेपालीले कुमाउँनी–गढवालीगितहरु मन पराउँछन् ।

गायक सामन्तका थुप्रै कुमाउनी–गढवाली गितहरु नेपाली दर्सकहरुले मनपराएका छन भने टिकटिक भिडियोहरु समेत बनाएर मनोरञ्जन गर्ने गरेका छन् ।

 

Leave A Reply

Your email address will not be published.