बझाङमा नवजात शिशु मृत फेला By मेलाैली खबर On असार ७, २०८० बझाङ – बझाङमा नवजात शिशु मृत फेला परेको छ । जिल्लाको बुंगल नगरपालिका–९ भेडेगैरमा देउलिकोट बझाङबाट धौलकाँडा बैतडी जाने कच्ची सडक खण्डमा सालनालसहितको नवजात शिशु मृत अबस्थामा फेला परेको हो। यस सम्बन्धमा बझाङ प्रहरीले थप अनुसन्धान गरिरहेको छ।