मेलौलीमा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन

बैतडी-विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले मेलौली नगरपालिका भरिका उत्कृष्ट अंक ल्याउने तिन जना विद्यार्थीलाई प्रोत्साहन,नगद सहित प्रमाणपत्र वितरण गरिएको छ।

आधारभुत शिक्षा कक्षा ८ उत्तिर्ण परिक्षा २०७९ को वार्षिक परीक्षामा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई मेलौली नगरपालिको उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम’अन्तर्गत प्रोत्साहन वितरण गरिएको हो। कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका दुईवटा विद्यालय मेलौली नगरपालिका-१ स्थीत शीतलपु माविमा अध्ययनरत दुई जना र  मेलौली-५ मा रहेको दुर्गा मावि खलिगाडमा अध्ययनरत एक जना विद्यार्थीहरुलाई प्रोत्साहन नगद कलम डायरी सहित प्रमाणपत्र वितरण गरिएको शिक्षा शाखा प्रमुख मुनु क्षेत्री बताउनुभयो।

‘विद्यार्थी प्रोत्साहन कार्यक्रम’कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको हो । प्रोत्साहन कार्यक्रम अन्तर्गत सागर नेगी, प्रशान्तसिंह बिष्ट र पवन जोशीलाई नगदसहित सम्मान गरिएको हो ।

प्रथम हुनेलाई नगद १० हजारसहित प्रमाणपत्र, द्वितीय हुनेलाई नगद ७ हजारसहित प्रमाणपत्र र तृतीय हुनेलाई नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको मेलौली नगरपालिकाले जनाएको छ ।

पुुुरस्कृत विद्यार्थीलाई मेलौली नगरपालिकाका प्रमुख भीम बहादुर चन्दले नगद कलम डायरी सहित प्रमाणपत्र वितरण गरेका हुन। विद्यार्थी प्रोत्साहन कार्यक्रममा मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द, उपप्रमुख पार्वती बोहरा बिष्ट, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थी, मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सपना कार्की लगायतको उपस्थिती रहेको थियो । यसले विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुग्ने बताईएको छ।

यसैबीच मेलौली नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीको उपस्थितीमा अन्तरक्रिया सम्पन्न गरिएको हो ।

Leave A Reply

Your email address will not be published.