मेलौली नगरपालिका–०७ ले बिहीबारबाट टोलभेला गर्दै

बैतडी-मेलौली नगरपालिका–०७ ले आउदो बिहीबारबाट टोलभेला गर्ने भएको छ। आगामि आर्थिक बर्ष २०८०/०८१ का लागि योजना संकलन गर्न टोलभेलाको आयोजना गरिएको वडा अध्यक्ष रामचन्द्र भट्टले बताए।

टोलभेलामा पायक पर्ने सरोकारवाला सम्पूर्णले उपस्थित भई आ–आफ्नो टोलको समस्या तथा सम्भावना संकलनमा सहयोग गरिदिन वडाले आग्रह गरेको छ। तोल्या, रिङा, धनखोल, पटलसैनी टोलको टोलभेला यहि असार २१ गते बिहान ८ बजे रिङामा बस्ने वडा अध्यक्ष भट्टले बताए।

यसैगरी ओझागाउँ र गाउँकोट टोलको टोलभेला भरतपुर माबिमा असार २१ गते दिउसो ४ बजे, पचकोरा र गैरसैनी टोलको टोलभेला वडा कार्यालयमा असार २२ गते बिहान १० बजे, सोहि दिन दवानी र मर्छले टोलको दनानीमा दिउसो ४ बजे हुने जनाईएको छ।

काडाँगाउ, काडाँबजार, कुन्थला र नायकमर्या टोलको टोलभेला मणिलेक माबिमा असार २३ गते दिउसो ३ बजे बस्ने सुचना मार्फत जनाकारी गरिएको छ।

Leave A Reply

Your email address will not be published.