दोहोरो नागरिकता बनाउने बैतडीका दुईजना प्रहरी हिरासतमा

बैतडी-दोहोरो नागरिकता बनाउँदा बैतडीका दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जिल्लाको पंचेश्चर गाउँपालिका–४ की ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन्।

उनीहरु कञ्चनपुरबाट पक्राउ परेका हुन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धि उनीहरू विरुद्ध जाहेरी दर्ता भएको थियो।

प्रहरीको अनुसन्धान पछि उनीहरुले दोहोरो नागरिकता लिएको खुलेको हो। उनीहरु विरुद्ध थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.