कमल थापा बिबेकको “सम्झना” चर्चामा, भाग–०२ पनि बजारमा ल्याउदै

बैतडी । कमल थापा बिबेकको “सम्झना” बोलको देउडा गित यतिबेला चर्चामा रहेको छ। करिब दुई साता अघि सार्बजनीक गरिएको गित चर्चामा रहेको हो।

थापाकै निर्देशनमा भारतको ब्याग्लोरमा छायाकंन गरिएको गितको म्यूजिक भिडियोमा मोडेल झरना बोहरा र रोशन धामीको सुन्दर अभिनय रहेको छ। दुई प्रेमीको प्रेम कथामा आधारित म्यूजिक भिडियो तयार पारिएको छ। भिडियोमा प्रेमिकाको परिवारका कारण दुई प्रेमीहरु एक-आपसमा बिछोडीनु पर्ने अवस्थाको कथा भिडियोमा प्रस्तुत गरिएको छ।

गायक सुनिल नेपालीले गाएको गित झलक भट्टले लेखेका हुन्। गितमा कटक नेपालीको संगीत तथा पवन रानाभाटले एरेन्ज गरेका छन्। भिडियोको बिनोद भण्डारी र राजु विष्टले छायाकंन गरेका हुन्।

भिडियोलाई एसपि देउडा पिक्चर युटुब च्यानलबाट सार्बजनीक गरिएको छ। साथै गितको भाग–०२ पनि छिट्टै लिएर आउने निर्देशक थापाले बताएका छन्।

भिडियो हेर्न तलको लिङ्कमा क्लीक गर्नुहोला ।

Leave A Reply

Your email address will not be published.