बैतडी । मेलौलीमा भएको बस दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–०६ रन्तोलीका ३६ वर्षीय उमेश भण्डारी निधन भएको छ। पञ्चेश्वरबाट महेन्द्रनगर जादैं बस दुर्घटनामा परेको हो। दुर्घटनामा परेका भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो ।
आज सोमबार दिउँसो १ बजेतिर लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस मेलौली नगरपालिका–०७ स्वाखानीमा दुर्घटना भएको थियो। सडकबाट करिब ५० मिटर तल खसेर रुखमा अड्किएको थियो। बस दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यस्तै दुर्घटनामा परेर अन्य ४१ यात्रु घाइते भएका छन्।