बैतडीको सिगास गाउँपालिकामा ज्येष्ठ नागरिकहरूलाई कम्बल वितरण

बैतडी- बैतडीको सिगास गाउँपालिकाले अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकहरूलाई सम्मान तथा कम्बल वितरण गरेको छ । ज्येष्ठ नागरिकहरू मध्ये प्रत्येक वडाबाट तीन जना महिला, तीन जना दलित र ४ अन्य गरी दसरदस जनालाई दिवसको अवसरमा आइतबार कम्बल बितरण गरिएको हो ।

नौ ओटै वडाका वडाअध्यक्ष मार्फत ज्येष्ठ नागरिकहरूलाई पालिकाको लक्षित विशेष कार्यक्रम अन्तर्गत कम्बल वितरण गरिएको गाउँपालिकाका जिन्सी शाखा प्रतिनिधी राज बहादुर धामीले जानकारी दिए । नौ वडाका ९० जना ज्येष्ठ नागरिकहरूलाई कम्बल बितरण गरिएको हो ।

Leave A Reply

Your email address will not be published.