बैतडी । गायक एवं स्वास्थ्यकर्मी दिपक बिष्टको दशै तिहार बिशेष नयाँ गित “परदेशिको दशैँ तिहार” सार्वजनीक भएको छ। मेलौली नगरपालिका-१ तल्लागाउँ घर भएका विष्टको गित बिहीबार भिडियो सहित सार्वजनीक भएको हो।
गितमा गायक बिष्टको आफ्नै स्वर, शब्द र लय रहेको छ। मधुवाला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितलाई दिपक सगंम बिसीले एरेन्ज गरेका हुन।
नेपालिहरुको माहान पर्ब बिजया दशमि तथा तिहारको उपलक्ष्यमा गायक बिष्टले गित बजारमा ल्याएको बताएका छन। कृष्ण भण्डारीले खिचेको भिडियोमा गायक बिष्ट दम्पतीले सुन्दर अभिनय गरेका छन।
गायक बिष्टको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा मेलौलीका सुन्दर ठाउहरुलाई देखाईएको छ। गायक बिष्टको यो छैटौ साँगीतकि कोसेली हो। केहिदिन अगाडी उनले घुम्न जाउ मेलौली बोलको गित सार्बजनीक गरेका थिए।
गित तथा भिडियोलाई माया गरिदिन गायक बिष्टले आग्रह गरेका छन।