बैतडीको मेलौलीमा आगलागी, सामान जलेर नष्ट, चौपायासमेत मरे

कात्तिक २४, बुधबार २०७८
-बैतडीमा आगलागी भएको छ । मेलौली नगरपालिका–१ मेलसैनीका अशोकसिंह साउँदको घरमा आगलागी भएको हो । आगलागीबाट अन्न जलेर नष्ट हुनुका साथै पशुचौपायाहरु समेत मरेका छन् । करिब ४ लाख भन्दा बढीको क्षती भएको पिडित परिावारले जनाएको छ । आज बिहान २ बजे भएको आगलागीबाट तीन गाई र एक भैसी मरेका छन् भने अन्न, लत्ताकपडा, गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। दुईकोठे एकतले पक्की गोठमा लागेको आगो स्थानीय बासिन्दाले करिब तीन घण्टामा नियन्त्रणमा लिएको बताइएको छ। विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख बोधराज ओझाले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.