अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराको अध्यक्षमा पन्त चयन

डडेल्धुरा– जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराको अध्यक्षमा राजेन्द्रप्रसाद पन्त चयन भएका छन्। जिल्ला सदरमुकाममा आइतबार सन्पन्न छैटौं अधिवेशन तथा १२औँ साधारणसभाबाट पन्त समितिको अध्यक्षमा सर्वसम्मत चुनिएका हुन्।

समितिको उपाध्यक्षमा सुवास साउँद, महासचिवमा विन्दु विष्ट पन्त, सचिवमा सुरेश सार्की, कोषाध्यक्षमा बमबहादुर थापा चयन भएका छन्।

यस्तै सदस्यहरूमा महेश पन्त, कल्पना पनेरु, काली भण्डारी र लक्ष्मी भण्डारी चुनिएका छन्। छैटौं अधिवेशनको उद्घाटन सत्रको प्रमुख अथिति अमरगढी नगरपालिकाका उपप्रमुख पार्वती झुकालले थिइन्।

Leave A Reply

Your email address will not be published.