बैतडी-बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी निङ्गलाशैनी माविले जितेको छ । ७ स्वर्ण, ८ रजत र ६ कास्य प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको निङ्गलाशैनीले ३५ हजार नगदसहित, ट्रफि प्राप्त गरेको छ ।
प्रतियोगितामा दोस्रो भएको दानेश्वर मा.वि. रातामाटा ५ स्पर्ण, ३ रजत र २ कास्य पदक प्राप्त ग¥यो । उसले नगद २५ हजार पुरस्कार प्राप्त गर्यो । ४ स्वर्ण, ३ रजत र १ कास्यसहित केदार नार्गाजुन मावि बगलेखान तेस्रो भयो । बगलेखानले रु १५ हजार पुरस्कार प्राप्त गरेको शिक्षा तथा युवा खेलकुद बिकास शाखा प्रमुख हरिश प्रकाश भट्टले जानकारी दिए ।
निङ्लासैनी खेलमैदानमा भएको प्रतियोगितामा २१ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रबहादुर चन्दले जानकारी दिए । दशरथचन्दमा दोस्रो पटक उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको समापन समारोहमा निवर्तमान प्रदेशसभा सदस्य लीलाधर भट्ट, नगर प्रमुख पुष्करराज जोशी ‘लख्खाभाइ’, नगर उप्रमुख कौशिलाचन्द तथा बडा अध्यक्ष लगायतको सहभागिता थियो ।