क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज फैसला हुन सक्ने सम्भावना छ। काठमाडौँ जिल्ला अदालतलमा न्यायाधीश शिशिर ढकालको इजलाशमा भइरहेको सुनुवाइ बिहीबार पनि नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो।
आइतबारदेखि न्यायाधीश ढकालको इजलासमा यो मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ। न्यायाधीश ढकालको इजलासले आज जवाफी बहस पनि सकेर फैसला सुनाउने तयारी गरेको छ।
बिहीबारदेखि प्रतिवादी सन्दीप पक्षका वकिलले बहस गरिरहेका छन्। हिजो पूर्वमहान्यायाधिवक्ता समेत रहनुभएका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको बहस नसकिएकाले आज पनि त्यसलाई निरन्तरता दिइने जनाइएको छ। प्रतिवादीतर्फबाट बहस सकिए आजै मुद्दाको फैसला हुनेछ।