बिहीबार बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनाका सुाथै सरकारको एक वर्षे कार्यकालको समीक्षा भएको थियो।
बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको एक वर्षे अवधिमा भएको कामप्रति धेरैजसो नेताले असन्तुष्टि जनाएका थिए। तर प्रधानमन्त्री दाहालले मन्त्रीहरु हेरफेर गर्न चाहेमा कांग्रेस त्यसमा बाधक बन्न नहुने गरी छलफल भएको बैठकपछि काँग्रेस नेता मिनबहादुर विश्वकर्माले बताउनुभयो।
बैठकमा पार्टीको सांगठनिक गतिविधि, महासमितिको तयारी, मेलमिलाप दिवस, समुदायमा काँग्रेस कार्यक्रम, मन्त्रालयका कार्य सम्पादनलगायतका विषयमा छलफल शुरु भएको छ।
राष्ट्रियसभा सदस्य उम्मेदवार मनोनयन, सांगठनिक विषय लगायतका विभिन्न ५ वटा विषयमा छलफल भएको र स्वास्थ्यमन्त्रीले मन्त्रालयका काम कारबाहीबारे जानकारी गराउनुभएको थियो। बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुने जनाइएको छ।