शिद्वनाथ माविको ५३ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस सम्पन्न

डडेल्धुरा:

डडेल्धुराको जोगबुढामा रहेको सिद्वनाथ माद्यमिक बिद्यालयको आफ्नो ५३ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस मनाएको छ । विद्यालय प्रांगणमा आयोजित एक भब्य कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश खातीको अध्यक्षता एवम परशुराम नगरपालिकाका नगरप्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको प्रधानाध्यापक शंकरदत्त जोशीले बताए । हो ।उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेशका निर्वतमान भौतिक पुर्वाधार बिकास मन्त्री पठान सिह बोहरा विशिष्ट अतिथी रहेका थिए ।
वार्षिकोत्सबको अवसरमा बिद्यालयले अन्तरसदनात्मक अतिरिक्त क्रियाकलापहरु , शिक्षक विद्यार्थी भजन, म्युजिकल चियर,शिक्षक कर्मचारी देउडा कार्यक्रमको आयोजना गरेको बिद्यालयका प्रधानाध्यापक जोशीले बताए ।
विद्यार्थी र अभिभावकहरुको चाहना अनुसार विद्यालय अघि बढिरहेको उल्लेख गर्दै उनले गुणस्तरीय र व्यहारिक शिक्षा प्रदान गर्ने कुरामा कुनै कम्प्रमाइज नहुने नगर प्रमुख भरत जोशीले बताए ।
साथै अझै आगामी दिनमा सिद्वनाथ माबि जयपुर जोगबुडाले शैक्षिक र खेल क्षेत्रमा अगं्रपक्तिमा पुग्ने कार्यक्रमका बिशिष्ट अतिथि तथा सुदुरपश्चिम प्रदेशका निर्वतमान भौतिक पुर्वाधार बिकास मन्त्री पठान सिंह बोहराले बताए ।

Leave A Reply

Your email address will not be published.