सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। आइतवार नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का लक्ष्मणकिशोर चौधरीले सोडारीको मुख्यमन्त्रीमा नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

चौधरीले दायर गरेको रिटमा ‘नेपालको संविधानको धारा १६८ ९२० बमोजिम निवेदकलाई मुख्यमन्त्री पदमा नियुक्त गरी सरकार गठन गर्न दिनुपर्ने संवैधानिक कर्तव्य भएका विपक्षी प्रदेश प्रमुखज्यू सोबाट च्युत भई मलाई सो अवसरबाट जबरजस्ती वञ्चित गरिएको’ उल्लेख छ।

उनले मुख्यमन्त्रीमा सोडारीको नियुक्त गैरसंवैधानिक भएको जिकिर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चसँग परमादेश माग गरेका छन्। उनले २ दिन म्याद थप्ने र सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन्। उनको रिटको पेसी सोमवारका लागि तोकिएको सर्वोच्चले जनाएको छ।

 

 

 

Leave A Reply

Your email address will not be published.