डडेल्धुराको अजयमेरुमा एक हप्ते निःशुल्क योग शिविर हुँदै

डडेल्धुराको अजयमेरुमा एक हप्ते निःशुल्क योग शिविर हुने भएको छ। गाउँपालिका आयोजना र पतन्जली योग समितिको सहयोगमा जेठ ११ गतेदेखि १७ गतेसम्म योग शिविर हुन लागेको हो।

एक साता अजयमेरु गाउँपालिका सभाहलमा हरेक दिन विहान ५ बजेदेखी साढे ६ बजेसम्म योग शिविर सञ्चालन हुने गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट विकासले बताए। रोग गरौ, निरोग रहौ भन्ने मुल नाराका साथ योग शिविरको आयोजना हुन लागेको छ।

नसर्ने रोगहरुको जोखिम बढिरहेको अवस्थामा योगबाट यस्ता रोगहरुको जोखिम कम गर्न र तनावमुक्त जीवन जिउन प्रेरित गर्ने उद्देश्यले शिविर गर्न लागिएको अध्यक्ष भट्टले बताए।

Leave A Reply

Your email address will not be published.