टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ७ रनको लक्ष्य बनाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३७ बलमा ५ चौका हिर्काए।
खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो। भुर्तेल ७ रन तथा आसिफ शेख ४ रन बनाएर आउट भए।
करन केसीले १७ तथा गुल्सन झाले १४ रनको योगदान दिए। अनिल शाहले १२ बलमा ११ रन जोडे। त्यस्तै कुशल मल्लले ९ बलमा ९ रन बनाएर आउट भए।