वडाअध्यक्ष भट्टद्वारा क्षमाः काममा फर्किन कर्मचारीलाई आग्रह

बैतडी : कर्मचारी कुटपिटको अरोप लागेका मेलौली नगरपालिका–०९ का वडाध्यक्ष लोकराज भट्टले माफी मागेका छन। शनिवार एक प्रेस बिज्ञप्ती जारी गर्दै वडाध्यक्ष भट्टले आत्मआलोचना गर्दै क्षमायाचना गरेका छन।

कर्मचारीका तर्फबाट प्रकाशित भएको बिज्ञप्तीका बिषयमा शनिबार गरिएको छलफलमा वडाध्यक्ष भट्टले जिन्सी शाखा प्रमुख चक्रमणी जोशीप्रती बोलिएका अपशब्द र भएको दुब्र्यबहारको आत्मआलोचना गरेका छन। पालिकाका सबै कर्मचारीहरुलाई नियमित काममा फर्किन आग्रह गर्दै आगामी दिनमा अमर्यादीत घटनाहरु नदोहर्याने समेत प्रतिबद्धता ब्यक्त गरेका छन।

बिहीबार वडाध्यक्ष भट्ट र जिन्सी शाखाका कर्मचारी जोशिबिच प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दको कार्यकक्षमा विवाद भएको थियो। वडाले कार्यालय सञ्चालन तथा मसलन्द खर्च भनेर छुट्याएको ५० हजार रकम भुक्तानीका लागि बिलसहित वडाध्यक्ष भट्टले कार्यालय प्रमुख समक्ष पेश गरेका थिए।

तर उक्त रकम जिन्सी शाखाले वडा कार्यालयको सिफारिस बिनै खर्च भईसकेको कुरा गरेपछि प्रमुख प्रशासकिय अधिकृत चन्दको कार्यकक्षमा बोलाएर छलफल गर्दा दुबै पक्षबीच बिवाद भएको वडाध्यक्ष भट्टले बताएका थिए। जिन्सी शाखा प्रमुख जोशीले भने वडाले मसलन्द तथा कार्यालय सामग्री शिर्षकको बजेट खर्च नभएको र केहि समान खरिद गरि वडामा पठाईसकेको भन्ने कुरा गर्ने बेला आफुमाथी हातपात भएको दावि गरेका थिए।

बिहीबार कर्मचारीहरुले भने संयुक्त विज्ञप्ती जारी गर्दै वडाध्यक्ष भट्टले कार्यालय प्रमुखकै कार्यकक्षमा घाँटि अठ्याँई कुटपिट गरेको आरोप लगाएका थिए। कार्यालय कामकाजको शिलशिलामा कार्यालय प्रमुखसंग छलफल गरिरहेको बेला कुटपिट भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई आवश्यक कार्वाहीको माग गरिएको थियो।

कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गर्दै पालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द थिए।

No description available.

Leave A Reply

Your email address will not be published.