सहस्त्रलिङ्ग कैलपाल कृषी सहकारी संस्था लिमिटेडको साँतौ औैं बार्षिक साधारण सभा सम्पन्न


पुस १७, शनिबार २०७८ बैतडी–
सहस्त्रलिङ्ग कैलपाल कृषी सहकारी संस्था लिमिटेड पाटन –४ मोहनपुर बस्तीको ७ औैं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी पाटन नगरपालिका वडा न.४ भुमेश्वरका वडा अध्यक्ष दिपक सिंह विष्टले सहकारी मार्फत प्रत्येक बर्ष एक उत्पादनलाई पुर्णता दिन सके युवा शक्तिलाई स्वदेशमा राख्न सकिने बताए ।
कार्यक्रमका बिशिष्ट अतिथि भुमेश्वर माध्यमिक विद्यालय पाटन नगरपालिका ४ ठाँडका प्रधानाध्यापक विरेन्द्र बहादुर चन्द रहनु भएको थियो ।साभारण सभामा संस्थाको बार्षिक आय —व्यय प्रतिबेदन प्रस्तुत गदै व्यवस्थापक रमेश सिंह महराले यस बर्ष संस्थाले ७३ लाख २५ हजार ९ सय १२ रुपियाँ बराबरको कारोवार गरेको र ६३ लाख ६८ हजार ९ सय बराबरको क्रण लगानी भएको जानकारी दिए ।
उक्त सहकारी संस्था लिमिटेडमा अहिले ४ सय ५२ जना सेयर सदस्य , १ सय ६४ बाल बचत कर्ता रहेका बताइएको छ ।
सहस्त्रलिङ्ग कैलपाल कृषी सहकारी संस्थामा पछिल्लो समय बचत कर्ता बढ्दै गएको सहस्त्रलिङ्ग कैलपाल कृषी सहकारी संस्था लिमिटेडका अध्यक्ष वीर सिंह महराले बताए ।

Leave A Reply

Your email address will not be published.