नेकपा एकीकृत समाजवादीको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। शीर्ष नेताहरुबीच सकेसम्म सहमति गरेर नेतृत्व टुंग्याउने भनिएपनि अहिलेसम्म सहम्ति जुट्न सकेको छैन।
अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबीच प्रतिष्पर्धा हुन लागेको छ। साथै अन्य पदमा पनि प्रतिष्पर्धा हुने बताइएको छ।
सहमति जुटाउन अहिले काठमाडौंको होटलमा शीर्ष नेताहरु छलफलमा जुटेका छन्। असार १६ गतेदेखि पार्टीको महाधिवेशन जारी छ।