राम दत्त भट्टराई:
बैतडी, समाजसेवी बिनोद भट्टराईले टुहुरा बालबालिकालाई बिद्यालय पोसाक र शैक्षिक सामग्री सहयोग गरेका छन् । बैतडीको पाटन नगरपालिक-१ बस्ने समाजसेवी भट्टराईले भुवनेश्वर आधारभूत विद्यालय लदौलीमा अध्यनरत टुहुरा बालबालिकालाई पोसाक र शैक्षिक सामग्री सहयोग गरेको प्रधानाध्यापक गगन सिह भण्डारीले बताए ।
सोनापुर सिमेन्ट कम्पनीमा कार्यरत भट्टराईले विगत लामो समयदेखि समाज सेवा गर्दै आएका छन्। समाजसेवी भट्टराईले कोरोना संक्रमणको समयमा पनि विपन्न परिवारलाई राहत सहयोग गरेका थिए भने पाटन नगरपालिका १ का मिर्गौला पीडित तर्क राज भट्टराईको उपचारका लागि आर्थिक सहयोग गरेका थिए।
तर उपचाको क्रममा उनको मृत्यु भएको थियो। उनकै दुई छोरीलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरेका हुन्। भट्टराईलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन पन्त एक कार्यक्रमका बीच बिद्यार्थीहरुलाई समाग्री हस्तातरण गरेका छन।