माघ १३, बिहिबार,२०७८
बैतडी – बैतडीको मेलौली नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिकामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अनिश्चितकालका लागि सेवा बन्द गरिएको हो ।
नगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीद्धारा जारी सूचनामा एन्टिजेन परिक्षणमा ५ जना कर्मचारीमा कोरोना पुष्टि भएको उल्लेख छ
सूचनामा अर्को सूचना जारी नभए सम्मका लागि अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको जनाईएको छ ।
