बैतडीमा कांग्रेसले गर्‍यो जेष्ठ नागरिकलाई सम्मान

बैतडी: नेपाली कांग्रेसले कांग्रेसमा आवद्ध जेष्ठ नागरिकलाई सम्मान गरिरहेको छ। कांग्रेस बैतडीले वडा सम्मेलन गर्दै सम्मेलनमै २०४८ सालदेखि नेपाली कांग्रेसमा आवद्ध रहेका र पछि सदस्याता लिएका ७० बर्ष पुगेका नागरिकलाई सम्मानपत्र सहित सम्मान गरिरहेको छ।

नेपाली कांग्रेसको विधान अनुसार जिल्ला कार्यसमितिले निर्णय गरेर वडा सम्मेलन शुरु गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले बताउनुभय । सम्मेलन अन्तर्गत पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने, पार्टीमा नयाँ सदस्यहरुलाई आबद्ध गराउने, नेपाली कांग्रेसको नीति र विधानको बिषयमा जानकारी दिने, जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको सभापती चन्दले जानकारी दिनुभयो।

वडा सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पार्टीको संगठन विस्तारका लागि आफूहरु सक्रिय रहेको बताए। पार्टीलाई एकढिक्का बनाएर लैजाने कुरामा आफू लचकताकासाथ अघि बढीरहेको बताए। वडा सम्मेलनमा सभापति चन्दकासाथै पार्टीका प्रदेश समिति सदस्यहरु, महाधिवेशन प्रतिनिधि, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागिता रहेको छ।

बैतडीका ८४ ओटै वडामा आगामी फागुनभित्र वडा सम्मेलन गरिसक्ने लक्ष्य राखिएको छ भने त्यसपछि १० ओटै पालिकामा पालिका सम्मेलन हुँदै जिल्ला सम्मेलन गरिने नेपाली कांग्रेस बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.