बैतडीको सुर्नयामा कार्यपालिका बैठकमै विवाद, कुर्सि तोडफोड

बैतडीको सुर्नया गाउँपालिकाको कार्यपालिका बैठकमा बिवाद भएको छ। कार्यपालिका बैठकमा टंङ्गोमा नै नपुगेको प्रस्ताव निर्णयपुस्तीकामा उल्लेख गरिएको भेटिएपछि बिवाद भएको हो।

गत कार्तिक ९ गते बसेको कार्यपालिका बैठकमा कुनै छलफल नभएको प्रस्ताव निर्णयपुस्तीकामा उल्लेख गरिएको भेटिएपछि विवाद भएको गाउँपालिका प्रवक्ता एवंम वडा नम्बर ४ का वडाअध्यक्ष प्रताप महराले जानकारी दिनुभयो। कार्यपालिकामा नै विवाद भएपछि केही थान कुर्सि समेत तोडफोड भएका छन्।

कार्यपालिकामा आएपनि टुङ्गोमा नपुगेको प्रस्ताव निर्णयपुस्तीका लेखिएको भेटिएपछि उक्त निर्णय लेखिएको पाना नै च्यातिएको छ। सो निर्णय के थियो भनेर खुलाइएको छैन। बुधबार बसेको कार्यपालिका बैठकमा विवाद भएपछि बिहीबार दिउँसो २ बजे सम्मका लागि स्थगित गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो।

यसअघि पनि कार्यपालिकामा छलफल नै नभएका प्रस्तावहरु निर्णयपुस्तीकामा उल्लेख हुने गरेको गाउँपालिका उपाध्यक्ष मन्जु महरा बोहराको भनाई छ। गाउँपालिका अध्यक्षलाई किन गर्नुभएको भनेर सोध्दा बैठक नै स्थगित गर्ने गरेको बोहराको आरोप छ।

यस बिषयमा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुवँरले सामान्य विवाद भएको र थप छलफलका लागि बिहीबारका लागि कार्यपालिका बैठक बोलाइएको बताउनुभयो।

Leave A Reply

Your email address will not be published.