बाजुरामा विवाह भोजमा भएको झडपमा एक युवकको मृत्यु

बाजुराको बुढीगंगा नगरपालिका–८ मोटाबाडमा विवाहमा आएका युवाहरूबीच दोहोरो झडप हुँदा एक जनाको मृत्यु भएको छ। झडपमा परी बुढीगंगा नगरपालिका-९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलीपकुमार गिरीका अनुसार बिहीवार मध्यराति विवाहको निम्तोमा गएका दुई समुहबीच आगो ताप्ने क्रममा भएको सामान्य विवादमा दोहोरो झडप भएको थियो। झडपका क्रममा बुढीगंगा–७ का युवाहरुको समूहले आक्रमणका क्रममा ओखलमा धान कुट्ने मुसल प्रहार गर्दा थापा गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि अछामको बयालपाटा अस्पताल पु¥याइएको थियो। तर शुक्रवार उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी गिरीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.