डोटी अस्पतालका डाक्टर गुप्ताको मृत्यु

डोटीः जिल्ला अस्पताल डोटीमा कार्यरत चिकित्सक डाक्टर अरुण गुप्ताको मृत्यु भएको छ।

गुप्ताको काठमाडौंमा निधन भएको बताइएको छ।मधुमेह र मुटुसम्बन्धी समस्याबाट पीडित रहेका उनको घरमै मृत्यु भएको हो।

उनको मृत्युपछि स्वास्थ्यकर्मी, सेवाग्राही र स्थानीय समुदाय शोकाकुल बनेको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष यज्ञराज जोशीले बताउनुभयो।

डाक्टर गुप्ता लामो समयदेखि जिल्ला अस्पताल डोटीमा सेवा दिँदै आएका थिए। उनको निधनले डोटी जिल्ला अस्पतालले बिरामीप्रति समर्पित र इमानदार चिकित्सक गुमाएको पूर्वअध्यक्ष जोशीले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.