बैतडीमा पत्रकारमाथि ज्यान मार्ने धम्कीका बिरुद्ध सरोकारवाला निकायको चासो

बैतडीमा पत्रकारमाथि भएको धम्कीमाथी सरोकारवाला निकायले चासो राखेका छन्। विभिन्न संघसंगठन र सुरक्षा निकायले पनि चासो राखेका हुन्।

बैतडीको सामुदायिक रेडियो मेलौलीका व्यवस्थापक लक्ष्मण बिसी र सोही रेडियोका बजार व्यवस्थापक मंगेस दयालमाथि आएको ज्यान मार्ने धम्कीका बिरुद्ध सरोरवाला निकायले चासो राखेका हुन्। सामुदायिक रेडियो मेलौलीले यस विषयमा जानकारी दिदै विज्ञप्ती जारी गरेपछि पत्रकार महासंघ जिल्ला शाखा र केन्द्रीय शाखाले पनि ध्यानाकर्षण जनाउदै दोषीमाथि कारवाहीको माग गरेको छ।

त्यसपछि प्रेस चौतारी जिल्ला समिति बैतडी, प्रेस युनियन जिल्ला समिति बैतडी र प्रेस युनियनको प्रदेश समितिले पत्रकारमाथी भएको धम्कीपूर्ण व्यावहारले प्रेस स्वतन्त्रता माथिको प्रहार भएको भन्दै कारवाहीको माग गरेका छन्। सामाचारप्रति कुनै गुनासो वा असन्तुष्टि भएर कानुनी उपचार खोज्नुको साटो पत्रकारलाई नै धम्कीपूर्ण व्यावहारबाट ज्यान मार्ने धम्की दिनु गैह्रकानुनी रहेको भन्दै कारवाहीको माग गरिएको हो।

यस विषयमा जिल्ला प्रहरी कार्यालयले पनि चासो राखेका छन्। पत्रकारद्वय बिसी र दयालको तर्फबाट उजुरी दिने जानकारी आएको र त्यसपछि कानुनी प्रक्रिया अपनाएर अघि बढ्ने प्रहरीले जनाएको छ।

विज्ञप्तिहरु।

May be a graphic of map and text

 

May be an image of text

May be an image of text

May be an image of text

 

Leave A Reply

Your email address will not be published.