युवा समाजसेवि भट्टले गरे २२ परिवारलाई चावल र कम्वल वितरण

बैतडीको मेलौली नगरपालिका–०९ तल्लागाँउका कैलाश भट्टले २२ परिवारलाई न्यानो कम्वल र चावल वितरण गरेका छन। हाल अमेरीकामा रहेका युवा समाजसेवि भट्टले आफ्नै गाउँका २२ परिवारलाई चावल र कम्वल वितरण गरेका हुन।

बुधबार बिशालपुर माध्यमिक विद्यालयको प्राङ्गणमा एक कार्यक्रमका बिच राहत वितरण गरिएको स्थानीय भिम भट्टले बताउनुभयो। चिसोमा न्यानो कम्वल आवश्यक पर्ने भएकाले २२ परिवारलाई कम्वलसहित एक बोरा चावल वितरण गरिएको उहाँले बताउनुभयो।

आर्थीक अवस्था कमजोर भएका २२ परिवार छनौट गरि राहत वितरण गरिएको जनाईएको छ। कैलाश हाल अमेरीकामै छन। उनका दाई बिरभद्र भट्ट र आमा जन्तरा भट्टले राहत वितरण गरेका हुन।

गाउमा रहेका आर्थीक अवस्था कमजोर भएका २२ परिवारलाई छनौट गरिएको थियो। चिसोमा मौसम सुरु हुने समयमा न्यानो कम्वल र एक बोरा चावल पाउद आफुहरु खुसि भएको रातह पाउनेहरुको भनाई रहेको भट्टले बताउनुभयो।

 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!