हावाहुरीले भरतपुर माविको दुई कोठे भवनमा क्षति

बैतडी-बैतडीको मेलौली नगरपालिका–०७ गाउँकोटस्थित भरतपुर माध्यमिक विद्यालयको भवनमा हावाहुरीले क्षति पुर्‍याएको छ ।

हिजो आएको हावाहुरीका कारण विद्यालयको दुई कोठे भवनको छाना उडाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

छाना उडाएपछि विद्यालयको भवनमा क्षति पुगेको छ भने पठनपाठन सञ्चालनमा समेत समस्या हुने देखिएको विद्यालयले जनाएको छ । हावाहुरीका कारण भवनका जस्तापाता लगायतका सामग्री छरपस्ट भएका छन्।

विद्यालय व्यवस्थापन समितिले क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ । साथै विद्यालय भवन मर्मतका लागि सम्बन्धित निकायसँग सहयोगको अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.