कात्तिक १८,शुक्रबार २०७९
बझाङ – बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको ज्यान गएको । बझाङको थलारा गाउँपालिका–८ बिस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांस जोशीको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।
सायल गाउँपालिका– ५ गुरेना मामाघरमा गएका ति बालकलाई मंगलबार अरिङ्गालले टोकको थियो ।
बालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि घरमा राखिएमा शुक्रबार बिहान मृत्यु भएको थलारा गाउँपालिका–८ का वडा अध्यक्ष टिकाराज जोशीले बताए।