दिपक राज दिर्घायु
अषाढ ८ मगंलबार,२०७८
बैतडी–पञ्चेश्वर गाउपालीका–०४ आमचोराको केदार आधारभुत बिद्यालयमा पहिरो जादा लाखौको क्षति भएको छ । लगातार परिरहेको पानिले बिद्यालयको निर्माणाधिन अवस्थामा रहेको भवनमा पहिरो जादा भौैतिक रुपमा ठुलो क्षति भएको प्रधानाध्यापक खेमराज भट्टले बताए ।
बिद्यालय माथिबाट आएको पहिरोले नब निमार्ण हुदै गरेको दुई कोठे भवनको ५ ओटा नयाँ पिल्लर भत्किएको प्रधानाध्यापक भट्टले बताए ।
राष्ट्रपति शैक्षिक सुधार योजनाबाट निर्माण भईरहेको दुई कोठे भवनको ५ पिल्लर भत्किदा बिद्यालयलाई करिब ४ लाख बराबरको क्षति भएको उनले बताए ।
यस्तै सोहि बिद्यालयमा गाउपालीकाको अनुदानमा निमार्ण सम्पन्न अवस्थामा रहेको भवनमा पनि पहिरो जादा करिब एक लाख बराबरको क्षति भएको छ। पहिरोले जम्मा गरेको गिट्टिपनिे पुरिएको बिद्यालयका प्रधानाध्याप भट्टले बताए।
बिद्यालयमा भएको यो क्षतिलाई चाडै पुनः निर्माण गर्नको लागी सम्बन्धित निकायको ध्यान दिनुपर्ने उनले बताए।