मेलौली न्यूज
माघ २५ बुधबार,२०७९
सधैँ पानी झर्छ र त नल जस्तै लाग्छ ।
यो आँसु पनि खै किन भल जस्तै लाग्छ ।।
जहिले पनि मनको फोहोर बढारेर ल्याउने ।
आजभोलि आँखा पनि ढल जस्तै लाग्छ ।।
न वारमा थियो जीवन न पारमा थियो ।
अल्झियो त्यसै विच मझधारमा थियो ।।
मैले दुनिँयालाई दोष लगाउँदै लगाउँदिन
दुःख पाउने भाग्य त मेरै निधारमा थियो ।।