डडेल्धुराको भागेश्वरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,४५२ जनाले सेवा लिए

बैतडी -डडेधुराको भागेश्वर गाउँपालिकामा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। भागेश्वर गाउँपालिकाको आयोजना र कैलालीको धनगढीस्थित सिपी अस्पतालको समुन्वयमा गाउँपालिकाको वडा नम्बर ४ बगरकोटमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा पेट रोग,उच्च रक्तचाप, ,दम रोग र नशा तथा हाडजोर्नी ग्याष्ट्रिक, पत्थरी, पेट दुख्ने, आन्द्रामा घाउँ भएको पित्तथैली र मृगौलको पत्थरी, हर्निया, हाइड्रोसिल, बवासिर, लगायतका रोगबाट प्रभावित ४५२ जना बिरामीहरूको स्वास्थ्य उपचार तथा परीक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.