के हो जीवन ? परिभाषा बुझ्न सकिएन !

यात्रामा जीवनको परिभाषा खोज्ने प्रयास

म आफैँले आफूलाई सोध्ने गर्छु प्रश्न अनि आफुमै हराएर यसको जवाफ खोज्ने प्रयास गर्छु ।रातदिन जीवन आखिर के हो भने विषयमा खोज्दा खोज्दै आज बल आफुले खोजेको जवाफ पाएको अनुभव लाग्यो ,जीवन एउटा यात्रा हो ,जुन यात्रामा धेरै कुरा भोग्न,बुझ्न,गर्न,सहभागी हुन र अरु अन्य धेरै खालको कुरामा सहभागी हुन सकिन्छ । जिवन के हो त आखिरमा ? कतिको विचार अनुसार जीवन भनेको संघर्ष हो, संघर्ष गर्दै बिताउनु नै जीवन हो त तर संघर्षमा कहिले हाँस्नु पर्छ त कहिले रूनु, जीवन एकनास पनि छैन् । कहिले घाम त कहिले पानी भन्ने गर्दछन । कोही भन्छन जीवन भनेको खानु पीउनु र मोजमस्ती गर्नु नै जीवन हो इत्यादी, इत्यादी भनेर व्याख्या गर्ने गर्छन

के तपाईंको विचारमा जीवन भनेको यस्तै नै हो तर कतिको भनाइ यस विषयमा यही नै हो भनेर व्याख्या गर्नु गाह्रो छ भन्दछन , धेरै विद्वानहरूले यसका लागि धेरै समय खर्च गरेका छन, तर जीवन यही नै हो भन्न धेरै गाह्रो छ । कतिको जीवन हाँसेर बितेको हामी देख्छौ तर कति रोएर बसेको हामी देख्छौ , कोही धनी छन त कोही गरीब, कोही शारीरिक रूपमा राम्रा छन त कोही नराम्रा, कोही अग्ला छन त कोही होँचा, कोही काला छन त कोही गोरा भिन्न मान्छेबाट भिन्नै प्रकारका जवाफ र व्याख्या हामी पाउँछौं हैन र त्यसकारण जीवन यही हो भन्न कठीन छ ।
अनेक मान्छेका धारणा फरक फरक र जीवन जिउने तरिका नी फरक हुने भएकोले महिले सबैको बिचार सुनेर एउटैमात्र शब्दमा भन्नु पर्दा जीवन यात्रा हो । जीवन एउटा जन्मे देखि मृत्युको दिन समको यात्रा हो । जुन यात्रा गर्दा मानिसले आफ्नो एउटा परिचय बनाउन छ । फेरि भने गर्नुहोला परिचय त आफ्नो नाम होइनर ? तर मेरो विचारमा परिचय आफुले नै जिवनको यात्रा गर्दा गर्दै बनाउने हो ।

नाम केबल हाम्रो जिवनको यात्रामा बोलाउनको लागि दिएको एउटा शब्द हो , जुन शब्दलाई नाम भनिएको हो ।मैले बुझेको जिवनको परिभाषा आज जीवनको परिभाषा खोजेर हिँडदा हिँडदै आज आफूल ेनै जिवनका केही यात्रा हिडिसके र अझै केही यात्रा हिड्न बाँकी छ । सुखी सम्बृद्ध जीवनाई बिताउनु जीवनको परिभाषा नै । हुन सक्छ फरक फरक मानिसमा फरक फरक हुँदोरैछ सोचाइ पनि सबैलाई थाह नै छ जन्म पछि मृत्यु निश्चित छ भन्ने पनि । म त भन्छु जीवनको परिभाषा एउटा कमलको फूल हो। जुन कमलको फूल हिलोमा उम्रिन्छ अनि फुल्दछ तर,त्यही कमलको फूल शुद्ध अनि पवित्र हुन्छ जीवन त्यो हो शुरुदेखि अन्तिम घडीसम्म संघर्ष गरिरहन्छ त्यही शुरुदेखि अन्तिम घडीसम्मको संघर्षलाई दस्तावेजमा लेखिन्छ त्यसलाई नै जीवनको परिभाषा भनिन्छ । जीवन जिउदा जिउँदै कति कुराहरु हामी सिक्दै जान्छौ भने कतिपय कुराहरु भोग्नु पर्छ । जीवनमा कति कुराले हामी धेरै कुरा सिकाउन छ । भने मानिसले जन्म लिन्छ त्यो कुनै नौलो कुरा होइन , तर जन्मे पछि उसको जीवन सुरु हुन्छ अनि आफ्नो जीवन कस्तो बनाउने र आफ्नो जीवनलाई कसरी परिचय दिने त्यो आफुमा भर पर्ने कुरा हो किनकी हरेक मानिस अनुसार जिवनको परिभाषा फरक हुन्छ ।
जीबनमा अनगिन्तीमोड हरु आउँछन र हरेक मोड बाट फरक मार्ग हरु फरक दिशातर्फ निस्कन्छन ।कतै बाटा हरु मिसीएकापनि हुन्छन तर मान्छे ले कुन बाटो मिसीएको हो र कुन छुटिएको हो भनेर चिन्न सक्दैन । कुननदीहो र कुन भंगालो हो भनेर छुट्याउन नसक्ने अवस्थामापनि समय र परिस्थिती अनुसार सबै कुराको सामनागर्दै यात्रागर्नु पर्दो रहेछ ।
समयको बेग सँग बहकिदा कहीले दुखका ठुला पहाड, समस्याका भेल, सम्वन्धका झरी र भावनात्मक हुरी बतास संग पौठे जोरी खेल्नु परे पनि सहज रुपमा सामना गरेकोअभिनय समेत पर्दो रहेछ जिबनमा ।हो मैले पनिजिबन सँग धेरै संघर्ष गरें र गर्दै छु ।ब्यबहारमा हार या जित जे भएपनिहिम्मत भने कहिले हारेको छैन र जिबनको अन्तिम पल सम्म पनि समस्या संग निर्धक्क भएर लड्ने नै छु ।
समस्या सँग हार मानेर पाइला हरु लाई लडखडाउन दिने छैन यो मेरो आत्मविश्वास हो ।साचिकै भन्नु पर्दा मैले सानो उमेरमाजति धेरै उतार चढाव भोगेको छु, जीन्दगीका दुख सुख महसुस गरेको छु । सम्पन्न र गरिवी सबै चिज लाई नजिक बाट राम्रो सँग नियालेको छु । दुख के हो सुख के हो आफ्नो को हो र पराइत्यो पनि नजीक बाट अनुभव गरेको छु । मिठो बोल्ने सबै आफ्नो हुदैन,आफ्नैले दिएको धोका बाट मैले राम्रो शिक्षा लिएको छु ।
संसारमा भएका आफन्तहरु सबै आफ्ना हुदैनन। तर कुनै पनि पराइ अचानक आफ्नो सबैभन्दा नजिकको मान्छे बन्न सक्दोरहेछ भन्ने मेरो अनुभव रहेको छ । न आफन्त टाढीन समय लाग्छ न नजिक हुन समय लाग्छ । जिवन पानी र प्रेम नहर जस्तो । जिवनलाई प्रेम ले आफ्नो आकार अनुसार बग्न दिन्छ ।मार्ग प्रसस्त गर्छ । जिवन पानी हो जताओरालो उतै बग्दिन्छ ।
नहर विनाको बगाई कह ाँपुगेर सुक्छ थाहाँ हुदैन । प्रेम ले जिवनलाई गन्तब्यमा पुर्याउछ त्यो ध्रुव सत्य कुरा हो ।जव मान्छे मिठो बोल्छ त्यो भित्र केहि न केही रहस्य अवश्य लुकेको हुन्छ ।स्वार्थी मान्छे हरुले सके सम्म अरुलाई प्रयोग गर्छन र प्रयोग जे जस्तो तरिका बाट फाईदा लिन सकिन्छ त्यसरी नै प्रयोग गर्छन ! जब उपयोगीता सकीन्छ या उपयोग गर्न सकिदैन जस्तो लाग्छ अनि मिल्काई दिन्छन् यो पनि अर्को धुर्व सत्य कुरा हो ।मान्छेको जातिनै स्वार्थी मैले मेरो जिबन मा थुप्रै स्वार्थले भरिएका हरु लाइ भेटेको छु ! भोगेको छु ! नजिकहुदा आफ्नै जस्तै अत्यन्तै आत्मीयता प्रदर्शन गर्दै आउछन।
मानौ की त्यो मेरो लागि हिरा,मोति जस्तै बहुमुल्य बस्तु जस्तै गरि देखाई दिन्छ । तर टल्किदैमा सबै पत्थर हिरा हुदैन भन्ने कुरा त्यही देखावटी ब्यवहार गर्ने हरुले नै सिकाएर गएका छन ।जीन्दगी सोचे जस्तो हुदैन कसैको पनि ! मेरो पनि छैन उस्को पनि छैन अनीउनको पनि छैन ! जीन्दगीमा धोका बिछोड, दुख पिडा, गरिब धनि,ज्ञानी अज्ञानी अबस्य सबै छन, सबैको छ र हुन्छन पनि ।तर मान्छेले क्षणीक भौतिक खुशी र सुखमा रमाउदै दुखी र पिडीत हरुलाइ घोचेर ब्यवहार गर्छ । उसले बिर्सन्छ । भोलि के थाहा उसको ठाउँ पनि तेही निम्नदुखी पिडीत हरुको जस्तै हुन सक्छ ।
केहि क्षणमा नै मान्छे करोड पति बाट रोडपति भएको सबैले देखेका छौ महसुस गरेका छौ ।भोली कसैले देखेको छैन।के हुन्छ कस्तो हुन्छ को मान्छे के भएर सकिन्छ भन्ने कुरा तसर्थ धन सम्पति, मान सम्मान र आजभएको कुराहरुमा त्यती घमन्ड गर्नु राम्रो हो जस्तो लाग्दैन मलाई ।

समय र परिस्थितिको खेलबाड न हा ।समस्या संग लड्दा लड्दै बाध्यताले कुठारघात गरि आफ्नो माथमा टेके पछि। कायर जस्तै भयर आफ्नो जन्म भुमि जंहा जन्म लिई तोतेबोलिर पाईला चाल्न सिकेको आगनलाई आफ्नो दुई आंखाबाट झरेको आंशुले छर्केर मनमा बिरह र एक्लो महशुस गरी आफ्नो भबिस्यको खोजिमा हिड्नु पर्ने यो बिबस्ताले गर्दा र सोचे जस्तो नभै सबै पृथक भैदिदा साउनको भेलसरि अनन्तकाल सम्मको जिवन सहरालाई आंशुउपहार छोडि बिछोडिनु पर्दा कस्को मन नरोला?

लाग्छ यो जिन्दगी नै कस्तो–कस्तो जता जे संग तुलना गरे पनि ठ्याक्कै मिल्ने, भेट्नु र छुटिनु अनि पाउनु गुमाउनु नै जिन्दगी होला ।जस्तो पनि लाग्छ । अर्थात हासो आशु रोदन बेदना,मिलन र बिछोड जन्म मृत्युको कथाको साङ्लो भित्रै सायद जिन्दगि बाधिएको होला। यस्तै जिन्दगी एउटा प्रकृतिको बर्दान पनि हो ।जस्ले उसलाई जे उपहार दिन्छ, तेसैलाई उ प्रसाद ठानेर ग्रहण गर्छ । जस अनुसार नै उ अगाडि बढिरहेको हुन्छ ।कहिले खुसि त कहिले चिन्तित पनि,जिन्दगि, जंहा र जहिले पनि शुख पछि दुखको सृजना हुन्छ।त कुनै दुखहरु जिन्दगी भोगाईमा नै एक अविश्मरणीयस्म हुन्छ.। जसमा मेरो परिभाषा यात्रा हो ।

(लेखक रेडियो मैलौलीका स्टेशन म्यानेजर हुन्।)

Leave A Reply

Your email address will not be published.