शैक्षीक गुणस्तर सुधारका लागि वडा स्तरीय परिक्षा सञ्चालन गरिने

बैतडीको पाटन नगरपालिका-१ मा वडा स्तरीय शिक्षा समितीको बैठक सम्पन्न भएको छ। बैठकले वडा अध्यक्ष तर्कसिंह ठगुन्नाको संयोजकमा ७ सदस्यीय परिक्षा समिति गठन गरेको छ। शिक्षा समितिले बार्षिक परिक्षाका सामग्रीहरु व्यवस्थापन देखी प्रश्नपत्र निर्माण सम्म गर्नेछ भने, वडा स्तरीय परिक्षा सञ्चालन गर्नेछ।

वडाको शैक्षीक गुणस्तर सुधारका लागि वडा स्तरीय बार्षिक परिक्षा सञ्चालन गर्न लागेको वडाअध्यक्ष ठगुन्नाले बताए। वडा भित्रका १०ओटै विद्यालयका लागि एकै प्रश्नपत्र तयार गरिनेछ भने, उत्तर पुस्तिका जाँचको जिम्मा फरक–फरक विद्यालयलाई दिइने छ।

शैक्षीक गुणस्तर सुधारका लागि अन्तरविद्यालय स्तरीय परिक्षा सञ्चालन गर्न लागेको वडा कार्यालयले जनाएको छ। शिक्षा समितिले चैत २गते भित्र प्रश्नपत्र तयार गरेर विद्यालयहरुमा पठाइसक्ने र ५ गते देखी परिक्षा सञ्चालन गरिने छ।

विद्यालयहरुले परिक्षाफल तयार गरिसकेपछि वडा कार्यालयमा पठाउने र वडा कार्यालयले एक प्रति वडामा राखेर प्रकाशन गर्ने बताइएको छ। वडाले कक्षा १देखी ७ सम्म वडा स्तरीय परिक्षा सञ्चालन गर्नेछ भने, कक्षा ८को नगर स्तरीय हुनेछ भने, कक्षा ९को समेत वडा स्तरीय परिक्षा हुनेछ।

Leave A Reply

Your email address will not be published.