बैतडी- डडेल्धुराको अजयमेरु गाउँपालिकाले विकट वडाका जनतालाई सेवा दिन हेतुले एम्बुलेन्स सेवा शुरु गरेको छ । बिहीबारदेखि पालिकाले वडा नम्बर ५ र ६ लाई लक्षित गर्दै एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।
चालु आर्थिक वषको स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका बजेटबाट खरिद गरिएको एम्बुलेन्सले बिरामीलाई सहज रुपमा अस्पतासम्म पु¥याउनको लागि सेवा शुरु गरेको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
गाउँपालिकाबाट टाढा रहेका दुबै वडाका नागरिकको सुविधाका लागि देवल स्वास्थ्य चौकीबाट एम्बुलेन्स सेवा प्रारम्भ गरेका गाउँपालिकाका उपाध्यक्ष बसन्ती पालले बताउनुभयो । गाउँपालिकाले ल्याएको एम्बुलेन्स प्रयोग गर्न पाएपछि स्थानीय खुशी भएका छन ।
