बैतडी-मेलौलीमा आधारभुत तह (कक्षा ८) को बार्षिक परिक्षाका लागि तोकिएका परिक्षा केन्द्रहरु संशोधन गरिएको छ। मेलौली नगरपालीको आधारभुत तह परिक्षा सञ्चालन तथा ब्यवस्थापन समितिको निणर्य अनुसार गत सोमबार निर्धारण गरिएका परिक्षा केन्द्रहरुलाई बिहीबार संशोधन गरिएको हो।
आफुले अध्ययन गरेको बिद्यालय भन्दा अर्खो बिद्यालयमा परिक्षा केन्द्रहरु तोकिएपछि चारैतिरबाट आलोचना भएको थियो। आफुले अध्ययन गरको बिद्यालय भन्दा घण्टौसम्म डिडेर अर्खो बिद्यालयमा परिक्षा दिन जादा बिद्यार्थीहरुलाई सास्ति हुने भन्दै आलोचना भएको थियो।
चारैतिरबाट आलोचना भएपछि मेलौली नगरपालीकाले चाडै सबैको पायक पर्ने बिद्यालयमा परिक्षा केन्द्र तोकेको हो। अहिले नया निर्धारण गरिएका परिक्षा केन्द्रहरुमा बिद्यार्थीहरुले सहजै रुपमा परिक्षा दिनसक्ने जनाईएको छ।
नया निर्धारण गरिएका परिक्षा केन्द्रहरुमा शितलपुर माध्यमिक बिद्यालय, दुर्गा आधारभुत बिद्यालय र जनचेतना आधारभुत बिद्यालयको परिक्षा केन्द्र शितलपुर माध्यमिक बिद्यालयलाई तोकिएको छ। धर्मघर माध्यमिक बिद्यालय र प्रितिपुर माध्यमिक बिद्यालयको परिक्षा केन्द्र धर्मघर माध्यमिक बिद्यालय सलेनालाई तोकिएको छ।
केदारेश्वर माध्यमिक बिद्यालय, कोटेश्वर आधारभुत बिद्यालय र शान्ति प्रकास आधारभुत बिद्यालयको परिक्षा केन्द्र केदारेश्वर माध्यमिक बिद्यालय दुर्गास्थान तोकिएको छ। सुर्दशन माध्यमिक बिद्यालय र केदार आधारभुत बिद्यालय कुजागाडको परिक्षा केन्द्र केदार आधारभुत बिद्यालयलाई तोकिएको छ।
यसैगरि बिजयपुर माध्यमिक बिद्यालय मेलौली नगरपालीका–०४ को परिक्षा केन्द्र सोहि बिद्यालयलाई तोकिएको छ। दुर्गा माध्यमिक बिद्यालय र चन्द्रपुर आधारभुत बिद्यालयको परिक्षा केन्द्र दुर्गा माध्यमिक बिद्यालय मेलौली नगरपालीका–०५ खलिगाडलाई तोकिएको छ।
मणिलेक माध्यमिक बिद्यालय, भरतपुर माध्यमिक बिद्यालय, जगदम्वा माध्यमिक बिद्यालय र शारदा आधारभुत बिद्यालयको परिक्षा केन्द्र मणिलेक माध्यमिक बिद्यालय मेलौली नगरपालीका–०७ लाई तोकिएको जनाईएको छ।
कमलपुर माध्यमिक बिद्यालय र गगेंश्वर आधारभुत बिद्यालयको परिक्षा केन्द्र कमलपुर माध्यमिक बिद्यालय मेलौली नगरपालीका–०८ कोटिगाँउलाई तोकिएको छ। बिशालपुर माध्यमिक बिद्यालय र शिब आधारभुत बिद्यालयको परिक्षा केन्द्र बिशालपुर माध्यमिक बिद्यालय मेलौली नगरपालीका–०९ रोकटालाई तोकिएको प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशिद्धार हस्ताक्षरित सुचना मार्फत जानकारी गराईएको छ।
परिक्षा चैत ६ गते दिउसो १२ बजेदेखि सञ्चलान हुने छन। पहिलो दिन नेपाली बिषयको परिक्षा रहेको छ।