बैतडी-बैतडीका अग्रज तथा बरिष्ठ पत्रकार लक्ष्मीदत्त पाण्डेय सहित ४ जना पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले शनिवार पाण्डेय सहित ४ जना पत्रकारहरुलाई सम्मान गरेको हो ।
बैतडीका अग्रज पत्रकार लक्ष्मीदत्त पाण्डेयलाई नेपाल पत्रकार महासंघको बैतडी दार्चुला शाखाको संस्थापक अध्यक्ष रही सुदूरपश्चिमको पत्रकारिता क्षेत्रको विकासका लागि पु¥याएको योगदानलाई कदर गर्दै अग्रज पत्रकारिता सम्मान द्वारा सम्मानीत गरीएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ । पाण्डेय अहिले रेडियो नेपालमा बरिष्ठ संवादाताका रुपमा कार्यरत छन् ।
सम्मानित हुनेमा पाण्डेय सहित कान्तिपुर दैनिकका संवादाता डीआर पन्त, बिबिसीका संवादाता उमिद बागचन र प्रेश काउन्सील नेपालका केन्द्रीय सदस्य हरि जोशी रहेका छन् । उनीहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह,भौतिक पुर्वाधारमन्त्री प्रकाश बहादर देउवा,पत्रकार महासंघका महासचिक रोशन पुरी,पत्रकार महासंघका प्रदेश अध्यक्ष योगेश रावलले दोसल्ला,अबिर र प्रमाणपत्र वितरण गर्नु भएको हो। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको तेस्रो साधारण सभा शनिवारदेखी कैलालीको गोदावरीमा जारी छ ।