बैतडी -बैतडीमा रहेको मणिलेक बहुमुखी क्याम्पस मेलौलीमा स्नातक तह प्रथम सेमेस्टरका विद्यार्थीहरूको स्वागत गरिएको छ । नेपाल विद्यार्थी संघ क्याम्पस इकाईको आयोजनामा स्नातक तह प्रथम सेमेस्टर तथा क्याम्पसमा आउने सम्पूर्ण नंयाँ आगन्तुक विद्यार्थीहरुलाई टिका र माला सहित स्वागत गरिएको नेविसंघ जिल्ला कार्य समिति सदस्य प्रेम बहादुर चन्दले बताए ।उक्त कार्यक्रम क्याम्पस प्रमुख भवानी सिंह नायक नेपाल प्राध्यापक संघ मणिलेक क्याम्पसका सभापति गगन राज पाण्डेय तथा क्याम्पसका उपप्राध्यापक, कर्मचारी, विद्यार्थी संघ संगठनका नेताहरु ने.वि.संघ बैतडी जिल्ला कार्य समिति सचिव केशव बहादुर चन्द, नेविसंघ मेलौली नगरकार्यसमिति संयोजक विजय पोखरले लगायत विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

