सपना : लक्ष्मण विसीका मुक्तक

अलमलमा छु अझंै के पो सपना रहेछ ।
कसरी बताउ प्रष्ट भए पो सपना रहेछ ।।
केवल निदाउँदा देख्नेलाई सपना भन्ने म
अक्सर निदाउँनै नदिने पो सपना रहेछ ।।

जीन्दगीमा अघि बढनुछ विगत विर्सेर अब ।
आउने पनि त हैन वितेका दिन फर्केर अब ।।
जे हुनु थियो भईहाल्यो यो जीन्दगीमा ।
प्राप्ति पनि त हुंदैन केही अतित संम्झेर अब ।।

 

Leave A Reply

Your email address will not be published.